गायिका सुमन श्रेष्ठ‘मुना’को नेवार गीत ‘भ्वासि जुयाः’ सार्वजनिक(भिडियो)

0
427

गायिका सुमन श्रेष्ठ ‘मुना’ले गाएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रुपेन्द्र श्रेष्ठ थक्वाःमिको अभिनय रहेको सो म्युजिक भिडियोमा मुस्कान राजभण्डारीको अभिनय रहेको छ । चन्देश्वर महर्जनको रचना रहेको गीतमा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ ।

निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको म्युजिक भिडियोका छायाँकार रकि महर्जन र सम्पादन बालकृष्ण वंशीको रहेको छ ।

पुल्चोकमा एक कार्यक्रमबीच सो म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ संगीतकार अमरराज शर्मा राजोपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भिडियो सार्वजनिक कार्यक्रममा भजन साम्राज्ञी रमना श्रेष्ठ, गायिका सुमन श्रेष्ठ नेवार,संगीतकार सुरेन्द्र श्रेष्ठ विशेष अतिथी तथा अतिथीहरु रहेका थिए ।

सार्वजनिक कार्यक्रम नवगायिका श्रेष्ठका पिता रामहरि श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा वरिष्ठ फिल्म पत्रकार विजयरत्न असंबरेले नवगायिका श्रेष्ठ र नवअभिनेत्री राजभण्डारीले आ–आफ्नो क्षेत्रमा पकड जमाउन सफल हुने सम्भावना रहेको बताएका थिए । उद्घोषक प्रमिला मानन्धरले कार्यक्रम संचालन गरेकी थिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here