अख्तियारका पूर्वप्रमुखद्वारा थुनामुक्त गर्न माग

0
459

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त दीप बस्न्यातको स्वास्थ्य अवस्था जटिल बनेकाले थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ। ललिता निवास जग्गा काण्डको भ्रष्टाचार मुद्दामा फसेका बस्न्यातलाई कोरोना संक्रमण पनि भएकाले थप जटिलता आएको र थुनामुक्त हुनुपर्ने मागसहित रिट निवेदन दर्ता भएको हो।

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरीजवाइँ प्रज्वल अधिकारीले शुक्रबार रिट निवेदन दर्ता गरेका हुन्। उनको निवेदनमाथि आइतबार सुनुवाई हुँदैछ। बस्न्यातलाई चाबहिलस्थित ओम अस्पतालमा अक्सिजन दिएर उपचार भैरहेको रिट निवेदनमा उल्लेख छ।

‘६९ वर्ष उमेर भैसकेको साथै मुटु रोगलगायत साविकदेखि नै विभिन्न रोगले पीडित छु। अहिले कोरोना संक्रमण भई चावहिल ओम अस्पतालको हाइकेयर युनिटमा भर्ना गरिराखेको छ। मुटुको पुनः सल्यक्रिया नगरे जीवन नै जोखिममा पर्ने अवस्था छ’ रिट निवेदनमा भनिएको छ। त्यसैले थुनामुक्त गरिदिनु भन्ने मागसहितको निवेदन दर्ता भएको हो।भ्रष्टाचार मुद्दाका अभियुक्त बस्न्यातलाई गत मंसिर २८ मा विशेष अदालत काठमाडौंले डिल्लीबजार थुनामा पठाउने आदेश दिएको थियो। -नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here