मुख्यमन्त्रीले शंकर पोखरेलले दिए राजीनामा

0
269

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

उनीविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ। प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ। उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here