सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय

0
239

मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्डलाई भने उडान अनुमति दिइने भएको छ ।

यसैगरी मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here