‘मेरी आमा’ मार्फत नायक भए गायक रामकृष्ण श्रेष्ठ (भिडियो सहित)

0
345

गायक तथा संचारकर्मी रामकृष्ण श्रेष्ठ अभिनित सर्ट मुभी ‘मेरी आमा’ युटयूबवाट मातातिर्थ औंशीको अवसरमा सार्वजनिक भएको छ । गायन संग संगै संचारक्षेत्रमा समेत सक्रिय श्रेष्ठले यस छोटो चलचित्रबाट नायक समेत बनेर बहु प्रतिभाशाली व्यक्तित्वको थप पहिचान बनाएका छन। ठूलो पर्दाका केहि चलचित्रमा अभिनय गरिसकेका श्रेष्ठले यस सर्ट मुभी मार्फत आफ्नो उत्कृष्ट अभिनय क्षमता समेत प्रर्दशन गरेका छन ।

विशेषत दृष्टिविहिन आमाको पीडा तथा ति आमामाथी बुहारीको चालबाज तथा लाचार छोराको यथार्थ कथामा आधारित मेरी आमाको कथाकार प्रतिष्ठित चलचित्रकर्मी राजकुमार शाह हुनभने, निर्देशन तथा छायांकन रमेश पाठकले गरेका हुन्। मेरी आमामा गायक तथा नायक समेत बनेका रामकृष्ण श्रेष्ठको साथमा मोडल नविना अधिकारी, देबकी श्रेष्ठ,राज श्रेष्ठ,जयराम बर्मा, कृष्ण श्रेष्ठ लगायतले अभिनय गरेका छन्।ललित सिंह साउदको सम्पादन रहेको उक्त सर्ट मुभीको निर्मात्री रामदेवी श्रेष्ठ हुन भने निर्देशन सरोज शाहले गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here