भीष्मराज फुलाराको‘म मरे भने’ सार्वजनिक(भिडियो)

0
308

साहित्यकार एवम् गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक भएको छ ।
‘म मरे भने त यो सहरको डेरा मा
खै कतिन्जेल कुहिन्छु होला’ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

बाबुल गिरीको संगीत तथा एरेञ्ज रहेको गीतमा बाबुलकै स्वर रहेको छ । द पिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा दिनेश राजबहाकको मिक्सिङ छ भने जनकराज खकुरेलको स्वरांकन छ ।

संजीत सागर मगरको निर्देशन रहेको गीतको भिडियोमा विश्वास भण्डारीको छायाँकन तथा सम्पादन र कृतिका श्रेष्ठको शृंगार छ । भिडियोमा फुलारा र बाबुललाई फिचर्ड गरिएको छ ।

निकै मार्मिक यो सार्वजनिक गीतमा सहरको भीडमा एक्लो भएको भाव व्यक्त गरिएको छ । आफ्ना अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि सबैले मन पराइदिनेमा आफू आशावादी रहेको फुलाराले मिलापलाई बताउनुभयो । ‘अहिलेको बिषम परिस्थिति र विश्वभरी आक्रान्तभइ फैलियको कोभिड-१९ को महामारीको चपेटामा परि कस्टकर जीवन विताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक वाहिर शहरको डेरामा वस्ने जनजीवनलाइ मध्य नजर गरि लेखिएको गीत हो’, फुलाराले भन्नुभयो । भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक गरिएको छ ।

फुलाराका यसअघि ‘जुनसरी बिलाई गयौं…’, ‘कस्तो भाइरस आयो…’ जस्ता गीत लोकप्रिय रहेका छन् । यस्तै उहाँका नफापेको मान्छे (उपन्यास), टुहुरो कुण्डली (उपन्यास), नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखि यहाँसम्म, ओरपान हरस्कोप अंग्रेजी पुस्तक जस्ता कृति पाठकमाझ आइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here