चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने खतरा , बेइजिङका स्कुल बन्द

0
302

– चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेपछि बेइजिङका धेरैजसो जिल्लाका स्कुलहरु बन्द गरिएको छ ।

बेइजिङमा दोस्रो लहर देखिए पछि कडारुपमा चेकजाँच गरिएको छ । साथै सर्वसाधारणलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ । सर्वसाधरणको धेरै भिडभाड हुने स्थान खेल, मनोरन्जन केन्द्र र स्कुलहरु पनि बन्द गरिएको छ ।


ग्लोबल टाइम्सका अनुसार – राजधानी अब चीनको अन्य क्षेत्रको लागि ‘नो गो जोन’ बनेको छ । ’cause धेरै क्षेत्रहरुले बेइजिङको यात्राका लागि सतर्कता बढाएका छन् र बेइजिङ आगमनमा पनि स्वास्थ्य जाँच कडा पारिएको छ ।


बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको कोरोना संक्रमणको यो दोस्रो लहर सिन्फाडी भनिने होलसेल मार्केटबाट सुरु भएको हो । सो मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए ।


चीनको जनजीवन सामान्य बन्दै गइरहेको बेला दोस्रो लहर देखिए पछि राजधानी बेइजिङमा संक्रामणबाट बच्न कडा उपाय उपनाउन थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here