४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामा प्रतिबन्ध

0
480

सरकारले ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने भएको छ। वातावरण विभागले विज्ञप्ति जारी गर्दै आगामी साउन १ गतेबाट लागू हुने गरी प्लास्टिकका झोला प्रतिबन्ध लगाइने जानकारी दिएको हो। वातावरणीय प्रदूषण न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको विभागको भनाइ छ।

‘नेपाल सरकारले मिति २०७८ श्रावण १ देखि लागू हुने गरी प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, विक्रीवितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ,’ विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका सामग्री उत्पादन उद्योगले पुरानो मेसिनको सट्टा नयाँ मेसिन जडान गरेमा हुने थप लगानी बराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराइने व्यवस्थासमेत गरेको छ। आगामी आवका लागि जेठ १५ गते गरिएको बजेट वक्तव्यमा उक्त विषय समावेश छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here