अबदेखि सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने रकम ‘खल्ती’ मोवाइल एपबाट पनि गर्न सकिने भएको छ । यस अघि कनेक्ट आइपीएस प्रणालीबाट मात्र योगदान गर्न सकिने रकम अबदेखि खल्तीबाट पनि गर्न सकिने व्यवस्था गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।कोषले एक सूचना जारी गर्दै खल्तीबाट योगदान गर्ने तरिका पनि सार्वजनिक गरेको छ । रोजगारदाताले योगदान गर्नुपर्ने २० प्रतिशत र र श्रमिकले योगदान गर्नुपर्ने ११ प्रतिशत योगदान रकम हरेक महिनाको १५ गतेभित्र योगदान गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400