बंगलादेशबाट ३२ हजार मेट्रिक टन मल भित्रियो

0
375

बंगलादेशबाट ३२ हजार ५ सय मेट्रिक टन रासायनिक मल भित्रिएको छ ।

नेपाल सरकार र बंगलादेशसँग ल्याउन लागिएको ५० हजार टनमध्ये हालसम्म ३२ हजार पाँच सय टन मल भित्रिसकेको हो । कृषि सामग्री कम्पनी लिमिटेडले बाँकी १७ हजार ५ सय मेट्रिक टन मल बंगलापोर्टमा आएर प्याकिङ भइरहेकाले एक साताभित्र आइपुग्ने बताएको छ ।

कम्पनीसँग अहिले ३० हजार टन रासायनिक मल मौज्दात छ । ग्लोबल टेन्डरमार्फतको ३० हजार टन मल आइरहेको र थप ३० हजार टन आउने क्रममा छ । जेठ महिनामा ३० हजार मेट्रिक टन मल बिक्री गरिसकेको कम्पनीले जानकारी दिएको छ । पर्याप्त मात्रामा मौज्दात रहेकाले यो वर्ष रासायनिक मलको अभाव नहुने कम्पनीले जानकारी दिएको छ ।

गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसँग जीटुजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो । नेपालले बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here