भ्रष्ट्राचारी नेताहरुलाई गायक रवि रिमालको माझी औंला(भिडियो)

0
311

देशमा भईरहेको भष्ट्रचार, लेनदेन, आर्थिक कृयाकलाप, डामाडोल अर्थतन्त्र, मंहगी, बिग्रीएको राजनीतिक अवस्थालाई व्यङग गर्दै लोकप्रिय चर्चित गायक रवि रिमालको स्वर रहेको ‘नेताज्यु तिमीलाई माझी औंला’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा उनलाई र्याप गांउदै आयुस प्रतीक अधिकारीले प्रतिकरात्मक शैलीमा र्याप प्रस्तुत गरेर साथ दिएका छन । गायक रिमालकै भिडियो निर्देशन रहेको यस् गीतमा शब्द, संगीत, संगीत संयोजन र मिक्सिङ मास्टरिङ्ग पनि उनकै रहेको छ । सधैं जसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रवि रिमालले यस्पाली केही फरक प्रस्तुति सहित गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीमा समर्पित जनताको रगत चुसेर ढाडिएका जुका रुपी नेता भनाउँदाहरु प्रति लछित सम्पुर्ण नेपालीहरुको सामुहीक आवाज रहेको गायक रिमालले बताए ।

सुमन कुमार श्रेष्ठको छांयाकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन । एक्यु बिट फ्याक्ट्री र डि सिरिजको प्रस्तुति रहेको भिडियोलाई डि सिरिजकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यस्तो लकडाउनको अवस्थामा पनि आफ्नो अमुल्य समय दिने टिम लगायतलाई मनैदेखि धन्यवाद दिएका छन र सम्पूर्ण नेपालीहरुलाई एक्चोटी गीत सुनिदिन र भिडियो हेरिदिन पनि गायक रिमालले आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here