निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा पाँच हजार जरिवाना

0
326

निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा एक यात्रुबसलाई झापामा पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ। उक्त बसलाई कारबाही स्वरुप जरिवाना तिराइएको हो।

मंगलबार बिहान ६ः३० बजे बुटवलबाट काँकडभिट्टासम्मका लागि आएको ना ४ ख ५१५२ नम्बरको यात्रुबसलाई दमक ४ स्थित राजमार्गमा अस्थायी प्रहरी पोष्ट ताराबारीले चेकजाँच गर्ने क्रममा रोक्न खोज्दा जबरजस्ती भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उक्त बसलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक बसपार्कमा रोकी चेकजाँच गर्दा बिना पास २३ जना यात्रु चढाई ल्याउँदै गरेको खुलेको थियो।

कोरोना महामारी नियन्त्रण रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा उल्लंघन गरेको पाइएकोले बस तथा बस चालकलाई आवाश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको थियो।

प्रशासनले कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको दफा २१ बमोजिम चालकलाई पाँच हजार रुपैयाँ जरिवाना गरेर छोडेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here