काठमाडौं –भारत अध्ययन विशेष स्टडि ईन ईन्डिया भर्चुअल एक्सपोले विद्यार्थीलाई भारतमा हुने विभिन्न विषयको अध्ययनको विषयमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सम्पूर्ण जानकारी प्रदान गर्ने भएको छ । आयोजक संस्था अफेयर्स एक्जिविसन एण्ड मिडियाले एक्सपो विश्वका ४५ राष्ट्रका विद्यार्थीलाई भारतको शिक्षा प्रणाली, अध्यापन हुने विषय, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, भौतिक शैक्षिक वातावरणको विषयमा जनकारी दिने उद्देश्यले शुक्रवार देखी ५ दिन सम्म भर्चुअल रुपमा सञ्चालन भईरहेको आयोजकले जनाएको हो । एक्सपोमा ४० भन्दा बढि विश्वविद्यालय, २ सय भन्दा बढि विषय र सत प्रतिशत सम्म छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।
यो एक्सपोले विद्यार्थीलाई भारतमा अध्ययनको विषयमा एउटा माइन्डसेट तयार गर्न सहयोग पुग्ने र विद्यार्थीले विश्वविद्यालयकै प्रतिनिधीबाट घरमै बसेर आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले यो एक्सपो महत्वपूर्ण हुने भारतिय शैक्षिक मानवस्रोत व्यवस्थापन गर्ने संस्था एडसिलका अध्यक्ष एवं कार्यकारी निर्देशक मनोज कुमारले बताए । एक्सपोलाई विधिवत रुपमा उद्घाटन गर्दै ंउनले भने, ‘ यो भर्चुअल रुपमा सञ्चालन भएको एक्सपो अहिलेको जस्तो कोरोना महामारीको परिस्थितिमा धेरैनै उपायोगि हुने र विद्यार्थीले यसबाट भारतको शैक्षिक प्रणालीको विषयमा सम्पूर्ण जनकारी प्राप्त गर्न सक्ने भएकोले अफेयर्सको यो कार्यक्रम एकदमै उपयोगी हुनेछ ।’
त्यस्तै भर्चुअल एक्सपोको उद्घाटन गर्दै अफेयर्स एक्जिविसन एण्ड मिडियाका कार्यककारी निर्देशक सञ्जिव वोलियाले भारतिय शैक्षिस संस्थालाई विश्वव्यापी रुपमा परिचित गराउन अन्तर्राष्ट्रिय विद्यार्थीलाई भर्चुअल माध्यमबाट भारत अध्ययन विशेष सम्पूर्ण शैक्षिक जानकारी दिइने बताए । एक्सपोमा सहभागि हुन विद्यार्थीहरुले यसको वेभसाईट स्टडि इन इन्डिया डटकममा रजिस्टर गर्न सक्नेछन् ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400