कोरोना भाईरसको संक्रमणका कारण विश्व नै आक्रान्त छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोनाको नयां भेरियन्टले पछिल्लो पटक नेपालमा समेत ठूलो असर गरिरहेको छ । दैनिक संक्रमण वृद्धि हुनुको साथै मृत्यृदरको अवस्था पनि भयावह वन्दै गईरहेको अवस्थमा देशभरका अस्पतालमा भरिभराउ हुदै गयो र अस्पताल कोभिड बिरामीको चाप बढेसंगै अक्सिजनको अभाव बढेर गयो भने अक्सिजनको अभावमा थुप्रै बिरामीको मृत्यु समेत हुन थाल्यो । नेपाल सरकारले समेत अक्सिजनको सहयोगका लागी विश्वभर आव्हान गर्यो । तर पनि अवस्था सामान्य हुन सकेन ।
देशमा अक्सिजन अभावलाई नजिकबाट हेरिरहेका प्रवासीहरुको लागि यो पिडाकै विषय अवश्य बन्ने नै भयो । अझ, लामो समयदेखि युएईमा बसेर कलाकारिता र समाजसेवामा सक्रिय आशिष पुरुषका लागी त असह्य हुने नै भयो । प्रवासमा वसेर नेपालीहरुका लागी समाजसेवामा निरन्तर लागि पर्दै आएका मनका धनी आशिष आफु एक्लैले मात्र चाहेर पनि नेपालमा भएको भयावह स्थितीलाई पार लगाउन सकिदैन भन्ने सोच राखेर दुवईमा बसेका सहयोगी भावना भएका अन्य मित्रहरु प्रकाश न्यौपाने ,बबिन बिसी, अनुराग परियारको सहयोग लिएर भिडियो मार्फत नेपालमा सहयोगका लागी आव्हान गरे ।
मे १५ मा भिडियो टिकटक मार्फत सार्वजनिक भए पछि फलस्वरुप अक्सिजनको अभावका कारण मृत्युसंग संघर्ष गरिरहेका बिरामीहरुका लागि अक्सिजन सिलिण्डरको आवश्यकता परिपूर्तिका लागि थालिएको अभियानबाट यूएईमा कार्यरत मनकारी नेपालीहरुबाट आर्थिक संकलन हुन थाल्यो । संकलित भएको ८ लाख ३४ हजार, १ सय ४० रुपैया रकम तत्कालै नेपालमा निषेधाज्ञा वीच समाजसेवामा निरन्तर लागि पर्दै आएका चर्चित नायक पल शाहलाई पठाईयो । नायक शाह कालीकोटबाट फर्किएपछि बिरामीको आवश्यकता अनुसार सिलिण्डर खरिद गरि वितरण गरिने छ ।
जब नायक शाहले नेपालमा अक्सिजन सिलिण्डर वितरण गरेको तस्विर देख्न पाउछु ,त्यसबाट आफ्नै शरिरमा अक्सिजन प्रयोग भईरहेको महशुश गर्नेछु त्यसबाट आफु आत्मसन्तुष्ट हुने गीतकार समेत रहेका आशिषले बताए ।
संकलित रकम मध्ये ५० हजार बिगत ४ बर्षदेखी अक्सिजनको साहारामा जीवन र मृत्युसंग जुध्दै आएका राकेश योगीलाई हस्तान्तरण गरिने छ ,भने बाँकी रकम कोभिड संक्रमितका लागि अक्सिजन सिलिण्डर खरिदका लागि खर्च गरिने छ ।
सहयोगको अपेक्षा सहित अप्लोड गरिएको उक्त भिडियो हेरेर सवै भन्दा पहिले केशव शिरिष गोर्खे मगरभाई, म सपोर्ट गर्छु दाई भनेर बलियो हौसला सहितको साथ पाए त्यस पछि लगातार अन्य साथी हरु लिला श्रेष्ठ, लाल सुनार भाई, मोहन बराईली, ईसा गीरी बहिनी लगायतका धेरैको साथ र सहयोगले संकलित रकम चर्चित नायक पल शाहलाई पठाईएको छ,उनले जानकारी दिए ।
यस अभियानमा युएईबाट मात्र नभएर साउदी अरव, कुवेत, अष्ट्रेलिया लगायतका देशमा रहेका सम्पूर्ण नेपाली मनहरुले समेत उनलाई साथ दिएका थिए ।
“टिकटकमा अपलोड गरिएको सामान्य भिडियो मार्फत सुरु गरिएको यस अभियानबाट यति ठुलो रकम संकलन होला भन्ने आफुले सोचेको थिईन, तर प्रवासमा रहेका नेपालीहरु संधै देशप्रति जिम्मेबार छन् भन्ने एउटा बलियो उदाहरण यस पटक पनि देखिएको छ । मेरो यस अभियानमा साथ दिने मनकारीहरुलाई धन्यवाद र आभार फेरी पनि जसले यस बिषम परिस्थितीमा पनि आफ्नो गांस कटाएर नेपालीका जीवन रक्षार्थ रकम प्रदान गर्नु भयो” , उनले भने ।