कोपा अमेरिका कप : अर्जेन्टिनाको पहिलो जित

0
455

कोपा अमेरिका कपमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई १–० ले हराउँदै अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको हो ।

लियोनल मेस्सीको पासमा गुइडो रोडरिग्वेजले खेलको १३औँ मिटेटमा गोल गर्दै अर्जेन्टिनालाई जिताएका हुन् ।

जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ४ अंक भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ ।

पाराग्वे ३ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here