महामारी र बाढी

0
396

-डा.डिआर उपाध्याय,

पहिरो देश कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् । नागरिकले अकल्पनीय पीडा भोग्नुपरिरहेको छ । यस्तै, महामारीको समयमा फेरि अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो आउने र मानवीय तथा भौतिक क्षति हुने क्रम समेत बढेको छ ।

सरकार जनताको मुख्य अभिभावक हो । सरकारले जनताको पिर मर्का बुझनु पर्छ । त्यसै गरी राजनीतिक दल र तिनका नेताहरू जनता प्रति इमानदार, कर्तव्यनिष्ठ र नैतिकवान हुनु पर्छ । देश र जनताको हितमा काम गर्ने दल र तिनका नेता मात्र लोकप्रिय हुन्छन । जनताको मन मष्तिष्कमा राज जमाउन सक्छन् । तर पछिल्लो समय त्यस प्रकारका नेताको खडेरी पर्दै आइरहेको छ ।

त्यसैले पनि राजनीतिक दल र तिनका नेताहरूप्रति जनताको आशा र भरोसा मर्दै जान थालेको छ ।कोरोनाको पहिलो लहर आउँदा पनि सरकार र राजनीतिक दलहरू कोरोना नियन्त्रण गर्न र भावी दिनमा आउन सक्ने संकट समाधान गर्न त्यति संवेदनशील देखिन सकेनन् ।

प्रमुख राजनीतिक दल र तिनका नेताहरू सत्ताको फोहोरी खेलमा चुर्लुम डुबे । अहिले पनि त्यस्तै फोहोरी खेल जारी छ । पछिल्लो समय आएको वाढी पहिरोले सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, लमजुङ, तनहँु, रुपन्देही, नवलपरासी, कास्कीलगायतका दर्जनांै जिल्लाहरू नराम्ररी प्रभावित छन् । पहाड र तराईका विकट गाउँबस्तीमा बस्ने जनता बाढीपहिरोको चपेटामा परी अकालमा मृत्युवरण गरिरहेका छन् ।

रोग, भोक, अभाव, विपन्नता, विपद्ले एकैपटक प्रहार गर्दा उनीहरू थला पर्दै आइरहेका छन् । आपतका बेलामा हो सरकार र राजनीतिक दलले जनताको चहराइरहेको घाउमा मलम लगाउने । राजनीतिक दल र तिनका नेताहरू कुर्सीको लडाइँका कारण जनताले दुःख पाइरहेका छन् । यस्तो महासंकटको समयमा नेताहरू आफैं झगडा गरेर रमिता गरिरहेका छन ।

अहिले पनि बाढी पहिरोले कैयांै मानिस बिचल्लिमा छन । कैयांै आफन्त गुमाउन विवश छन् । कैयांै व्यक्ति बेपत्ता छन् । हुन त बाढीपहिरो एक किसिमको विपद् हो । सरकारले विपद् आउनुअघिको पूर्वतयारी र विपद् भइसकेपछि गर्नुपर्ने उद्धार र राहतका कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्नेमा सरकारको सो कार्य प्रभावकारी हुन सकेको छैन् । महामारी र बाढी पहिरोजस्तो महासंकटको समयमा सबै दलहरू मिलेर राष्ट्रिय एकताको सन्देश दिनुपर्ने हो ।

सत्तारूढ दल एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीले यसका लागि विशेष अग्रसरता लिनुपर्छ । अन्य दल र तिनका नेताहरूले यस्तो बेलामा सरकारलाई खुलेर सहयोग गर्नु पर्छ । सरकारले पनि जनताको मन जितेर काम गर्न सकिरहेको छैन । सत्तारूढ दल एमालेभित्रकै असन्तुष्ट पक्षले सरकारलाई काम गर्ने वातावरण दिइरहेका छैनन् । त्यो पक्ष अहिले पनि जसरी हुन्छ सरकारलाई ढाल्ने खेलमा नै उद्दत छ ।

आज असल लोकतान्त्रिक संस्कार भएका नेता र दलहरू भेटाउनै मुस्किल छ । नेताहरूमा यस्ता गलत प्रवृत्ति मौलाउदै गएको छ । यस्ता गलत प्रवृत्ति मौलाउदै गएमा देशमा गम्भीर समस्या आउन सक्छन् र नागरिकले अझै दुःख पाइरहने छन् । त्यसैले नेताहरू सच्चिन जरुरी छ ।

अहिले सबै नेताहरूको एउटै दृष्टि कोरोना महामारी र हालको बाढी पहिरोसँग जुधेर नागरिकलाई सुरक्षित राख्ने तथा क्षति भएको ठाउँमा राहत र पुनःस्र्थापनाका कार्यक्रम एकीकृत रूपमा पु¥याउनुपर्ने समय हो । नेपाली राजनीति ‘गुटबन्दी’ले चलेको छ । गुटबन्दीको राजनीतिले दलहरु तहस नहस छन । धेरै दलहरुमा गुटबन्दीको राजनीति देखिन्छ । नेपाली समाजमा गुटबन्दीको राजनीति मौलाएको छ ।

यसरी गुटबन्दीको राजनीति मौलाउदै जादा आमनागरिक दिक्क छन । यसरी गुटबन्दी गर्दै जाँदा अन्ततः राजनीतिक दल फुटेका छन । नेपालको राजनीतिमा अहिले सक्रिय रहेका दलहरू गुटबन्दीको राजनीतिमा रमाएका छन । हरेक ठूला दलहरू गुटबन्दीको कारण विभाजनसमेत भएका छन् । गुटबन्दी अझै पनि नेपाली राजनीतिमा निरन्तर चलिरहेको छ । यस्ता गुटबन्दीहरूले राष्ट्रको हित गदैन । यो कुरा इतिहासदेखि अहिलेसम्म सवै प्रमाणित भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here