फ्लोरिडामा १२ तले आवासीय भवन भत्किँयो

0
274

अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक आवासीय भवन भत्किँदा अहिलेसम्म कम्तीमा एक जनाको मृत्यु भएको छ। १२ तले उक्त भवन भत्किँदा कम्तीमा ९९ जनाको अवस्था अज्ञात छ।

दुर्घटनाका बेला भवनमा कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अधिकारीहरुले जानकारी दिएका छन्। उक्त भवनमा १०२ जना मानिसहरु बसोबासरत रहेको बताइएको छ।

यो भवन सन १९८० मा निर्माण भएको थियो। सरकारी अधिकारीहरुले दुर्घटनामा ठूलो क्षति भएको अनुमान गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here