चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’ सार्वजनिक (भिडियो)

0
24

चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’… सार्वजनिक भएको छ । गायिका शान्तिश्रीको समेत स्वरवद्ध उक्त गीतको भिडियोमा गायक अधिकारीको पनि अभिनय रहेको छ भने उनलाई मोडल अन्जली अधिकारीले साथ दिएकी छिन । प्रकाश पराजुलीको शव्द रहेको गीतको संगीत संकलन खुमन तथा प्रेमदेवी गिरीको रहेको छ ।

‘शिवदर्शन फिल्मस्’ युट्यूब च्यालनबाट सार्वजनिक भिडियोको निर्देशन तथा कोरियोग्राफी स्मृति तिमल्सिना ‘गुरुआमा’ले गरेकी हुन । करन चैसिरको छायांकनको रहेको भिडियोलाई नविन घर्ति मगरले कलर तथा सम्पादन गरेका छन ।

यो गीतमा गायक अधिकारी महादेवको रुपमा प्रस्तुत भएका छन् भने मोडल अन्जलीसंग नृत्य पनि गरेका छन्।

खुमन अधिकारिको केहि दिन अगाडी मात्र मरिन्छ कि बोलको गीतमा स्वरसंगै अभिनय गरेका थिए। उक्त गीतले बजारमा दर्शकको राम्रो साथ पाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here