कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन

0
46

-डा.डिआर उपाध्याय,

लामो समय देखि नेकपा एमालेमा देखिएको गतिरोध अझै अन्त्य हुन सकेको छैन । यो गतिरोध अन्त्य भएमा राजनीतिक निकास मुलुकले छिटो पाउने छ । एमालेका कारण मुलुक संकट तर्फ उन्मुख छ । यदि समयमा एमाले जुटेर जाने हो भने धेरैे समस्या समाधान हुने छ । एमाले मिल्नु पर्छ । मिलेर गए जस्तो राम्रो अरु हुदैन । तल्लो तहका नेता कार्यकर्ताहरु एमाले मिलेर गए हुन्थ्यो भनेका छन । एक आपसमा लडेर जादा बिरोधिलाई फाइदा हुने हो आफूलाई हुदैन ।

यो कुरा ओली , माधवले बुझनु पर्छ । यदि समय छदै कुरा नबुझे भोली पछुताउनु बाहेक अरु केहि हुने छैन । पाटी बिभाजनले कसैलाई फाइदा गरेको छैन । बिगतको इतिहासलाई केलाएर हेर्ने हो भने पाटी फुटेर भन्दा जुटेर फाइदा भएको छ । पाटीहरु जुटनाले गत निर्वाचनमा बहुमत आएको हो । यदि एमाले र माओवादी केन्द्र नमिलिकन चुनाव लडेको भए कसैको बहुमत आउने थिएन । कसैले घमण्ड नगरे हुन्छ । एमाले एक ढिक्का भएर अघि बढ्नु पर्छ । त्यसो भयो भने राम्रो हुन्छ । कुण्ठा र अहंकारले कसैलाई फाइदा गदैन । माओवादी केन्द्र पनि एक ढिक्का हुनु पर्छ ।

नेपाली काँग्रेस पनि एक ढिक्का हुनु पर्छ । किन भने लोकतन्त्रवादी शक्ति कमजोर रहदा प्रतिगामी शक्तिहरुले टाउको उठाउने मौका पाउने छन । त्यसैले एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल मिलेर अघि बढदा पाटीलाई शक्ति मिल्ने छ । पाटी भित्र दुई धार देखा पर्नु दुखद कुरा हो । यसले दुवैलाई घाटा परिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव–खनाल समूहलाई सिंगो पार्टी एक ढिक्का बनाएर लैजान अनुरोध गरिरहेका छन् । तर माधव–खनाल पक्षले मौका हेरेर बसिरहेको छ । यसरी पाटी एकता हुदैन । भावनात्मक एकताका लागी दुवै पक्ष गम्भिर बन्नु पर्छ । एमालेमा दुविधा निम्त्याएको छ ।

असन्तुष्ट माधव समूहले उठाएका सबै माग संस्थापन पक्षले पूरा गरिदिँदासमेत एमाले पार्टी एक हुन नसक्नु दुखद पक्ष हो । असन्तुष्ट समूह नै पार्टी एकताका लागी गम्भिर बन्नु पर्छ । कुरा मात्र गरेर हुदैन । पार्टी एकताका लागि दुवै पक्षले बिश्वासको बातावरण निर्माण गर्नु पर्छ । पार्टी एक ढिक्का भएर अघि बढ्न केले रोकी रहेको छ । यसमा दुवै पक्ष लचिलो हुनु पर्छ ।

नेपाल–खनाल समूहले अहिलेसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीबारे लिएका सबै निर्णय खारेज गरेर नयाँ सिराबाट पार्टीलाई अगाडि बढाउनुपर्ने माग राख्दै आएका छन् । पछिल्लो समयमा आएर पार्टी अध्यक्ष ओलीले महाधिवेशन आयोजक समिति विघटन गरेर उनीहरूको मागलाई सम्बोधन गरिदिएका छन् तर नेपाल–खनाल समूह भने अझै बिश्वस्त हुन सकेको छैन । वर्तमान राजनीतिक अस्थिरताले मुलुक कता जाने हो भन्ने चिन्ता बढाइरहेको छ । त्यसैले पार्टी एक ढिक्का बनाउने कुरामा अव ढिला गर्नु हुदैन । पार्टी अध्यक्ष र वरिष्ठ नेताहरू एकै ठाउँ बसेर संवादको माध्यमबाट समस्याको समाधान खोजिनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here