भक्तपुर जिल्ला फुटबल संघमा एन्फाको तदर्थ समिति

0
299

– अखिल नेपाल फुटबल संघ ९एन्फा० ले भक्तपुर जिल्ला फुटबल संघको कार्य समितिलाई भंग गर्दै १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

एन्फाको कार्यसमितिको आपतकालीन बैठकले गौतम सुखजुको अध्यक्षमा रहेको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई खारेज गर्दै तदर्थ समिति गठन गरेको हो। एन्फाको विधानविपरीत निर्वाचन गरेको, क्लब दर्ता नभएको, क्लब संख्या समेत नपुर्‍याई जिल्ला लिगदेखि विभिन्न गतिविधि गरेको भन्दै एन्फाले त्यहाँका कार्यसमितिलाई भंग गरेको हो।

एन्फाबाट गठन भएको कार्यसमितिको अवधि ६ महिना रहेको छ। कोरोना भाइरस (कोभिड–१९) को लकडाउन पूर्णरुपले अन्त्य भएपछि तदर्थ कार्यसमितिले कार्य गर्ने पनि एन्फाले उल्लेख गरेको छ।

एन्फाले गठन गरेको १३ सदस्यीय कार्यसमितिको अध्यक्षमा किशोर हेक्का, उपाध्यक्षमा अनिल हेक्का र विकास थापा छन्। त्यस्तै, सदस्यहरुमा प्रविण लाखेमरु, राजेश श्रेष्ठ, रोशन श्रेष्ठ, हरिकृष्ण सहकल, रामकुमार लोहला, रुपेश धौवन्जार, सुरेन्द्र भाषिमा, सुरेन्द्र प्रजापति, कृष्ण चन्द्र चक्रधर र सुमन थापा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here