विपद् आउनु भन्दा पहिले पूर्वतयारीको जरुरी

0
337

-डा.डिआर उपाध्याय,

हामीले नेपालमा मनसुन प्रवेशसँगै विपद्को सामना गर्नुपर्ने भएको छ । पहाड, मध्यपहाडी क्षेत्रमा अझै पहिरो जाने क्रम रोकिएको छैन । यो समस्याका रुपमा खडा छ । तराईमा डुबानको समस्या छ । अहिले हरेक समस्याले नेपालीलाई थिचिरहेको छ । देशमा भर्खरै मनसुन सुरुवाती भएको छ । बिशेष गरी नेपालमा जेठ, असार, साउन र भदौ महिना पानी पर्ने महिना हुन् ।

यी महिनामा बाढीपहिराको खतरा पनि हुने गर्छ । बाढीपहिरोको जोखिम वर्षायाममै हुन्छ । त्यसैगरी, विश्वव्यापी रूपमा हेर्ने हो भने पनि नेपाल विपद्को उच्च जोखिममा छ ।यसर्थ प्राकृतिक प्रकोपका कारण बर्सेनि सयौं मानिसको मृत्यु हुने गरेको छ । र यसका साथै खर्बौं मूल्यबराबरको आर्थिक क्षति हुने गरेको छ । देशको तथ्यांकीय हिसाबले सबै कुरा यकिन गर्न गाह्रो छ ।

तर समग्रमा प्राकृतिक प्रकोप र विपद्बाट नेपालले बर्सेनि ठूलो क्षति बेहोर्नुपरेको छ ।नेपाल प्राकृतिक प्रकोपको दृष्टिले अत्यन्त जोखिममा रहेको छ । प्राकृतिक प्रकोपले हरेक वर्ष मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ । यसैले हामी सधैं नै सजग र होसियार हुनुपर्छ । सरकारी प्रयासले मात्र यो सम्भव हुँदैन ।यति बेला मूलतः कोरोनाको कहरसँगै मुलुक बाढी र पहिरोको चपेटामा परेको छ ।

वर्षामा पहाड र हिमाली क्षेत्रमा पहिरो जाने र तराईमा बाढी र डुबानका कारण बर्सेनि अर्बौंको धनजनको क्षति भइरहेको छ । भूकम्प, डढेलो, बाढी, पहिरो, डुबान, हावाहुरीजस्ता अनेक विपत्तिको सामना नेपालले निरन्तर गर्नुुपरिरहेको छ । विपत्तिको सामना गर्न र आवश्यक उद्धारका लागी प्रविधि, सीप र संयन्त्रको विकास आबश्यक छ ।

यसैगरी मनसुन सुरु भएसँगै असारको १ गते मंलबारदेखिको वर्षाका कारण आएको बाढी, पहिरोबाट सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, जुम्ला, बाग्लुङ, दाङ, प्युठान, कास्की, पर्वत, म्याग्दी, डोटी बढी प्रभावित भए ।यसको साथसाथै बाढीपहिरोको चपेटामा अन्य जिल्ला पनि परेका छन् । गृह मन्त्रालयका अनुसार बाढीका कारण ३८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । र ५१ जना घाइते भएका छन ।

यस वर्षाले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा पु¥याएको छ । अविरल वर्षाका कारण मुलुकका मुख्य राजमार्ग अवरुद्ध हुने क्रम जारी रहेको छ भने हजारौं मानिस गन्तव्यमा पुग्न नसकेर बाटोमा नै अलपत्र परेका छन् । त्यसरी नै गत वर्ष भेलपहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपालि पनि मनसुनको सुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ ।

जनतालाई बाढीपहिरोसम्बन्धी पूर्वसूचना दिने कार्य बेलैमा गराउन सकियो भने विपद्बाट हुने ठूलो जनधनको क्षतिमा कमी ल्याउन सकिने छ । यो कुरामा ध्यान दिन जरुरी छ । नेपाल सरकारले विपद् आउनु भन्दा पहिले पूर्वतयारी गर्नु पर्छ । त्यसो भएमा ठूलो जनधनको क्षति बेहोर्नु पदैन । यसरी प्रत्येक वर्ष विपद्को सामना गर्नुपर्ने देशले पूर्वतयारीमा ध्यान दिनु पर्छ । देशमा विपद्ले च्यापेपछि मात्रै हतारमा तयारी गर्ने बानीमा सुधार ल्याउनुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here