रौतहटमा हतियार सहित एक जना समातिए

0
422

वीरगंजः रौतहट प्रहरीले अवैध हतियार र लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रहरी कार्यालय कटहरिया बाट खटिगएको गस्ती टोलीले अवैध हतियार र गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरी टोलीले जयराजपुरबाट हर्षाहा जान लागेका एक जना मानिसलाई गोप्य सूचनाको आधारमा चेक गर्दा हतियारसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा गुजरा नगरपालिका–८ जयराजपुरका ४० वर्षीय कर्मुलाह अन्सारी रहेका छन्। उनको साथबाट एकथान कटुवा पेस्तोल र २ थान गोली बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

त्यसै गरी ५ किलो लागु औषध गाँजासहित पक्राउ पर्नेमा राजपुर नगरपालिका–५ का ४५ वर्षीय महमद सलाम रहेको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंहले जानकारी दिएका छन्। कटहरिया–२ हँथियाही गाउँनजिकै झोलामा राखेर साइकलमा आफ्नो घरतर्फ गइरहेको क्रममा शनिवार साँझ गस्ती टोलीले सलामलाई गाँजासहित पक्राउ गरेको थियो।

हतियार र गाँजासहित पक्राउ परेका दुवै जनालाई म्याद थप गरेर अनुसन्धान  अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here