भन्सार छली ल्याइएका राँगासहित बर्दीयाबाट दुई जना पक्राउ

0
452

 भन्सार छली ल्याइएका १६ वटा राँगासहित प्रहरीले बर्दीयाको गुलरिया नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका– ११ का ३३ वर्षीय अब्दुल सलाम गद्दी र २४ वर्षीय वसिम गद्दी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेमबहादुर शाहीका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी राँगा ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषी तथा पशुपंक्षी विकास कार्यालयसहितको संयुक्त टोलीले उनीहरूलाई राँगासहित पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here