पीसीआर परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइन नजिकैको रुखमा झुन्डिएर आत्महत्या

0
408

काठमाडौं : अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन्।

बुधवार बिहान उनले आत्महत्या गरेको शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। नगरपालिकाको ५ मा रहेको जुनेनास्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४४ वर्षीय पुरुषको आरडीटी परीक्षणमा एन्टीबडी देखिएको थियो। विद्यालयको क्वाराइन्टाइनमा उनीसँगै अन्य २२ जना बस्दै आएका थिए।

रातको समयमा उनले नजिकैको रुखमा तन्नाको पासो बनाइ झुन्डिएको अवस्थामा फेला परेको प्रमुख अधिकारीले बताए।

‘राति एकपटक साथीहरुसँगै पिसाब फेर्न उठेको रहेछन्। त्यसपछि फेरि कोठामा साथीहरु सुतेपछि तन्दा लिएर निस्क्का रहेछन्। आधा तन्दालाई पासो बनाएर झुन्डिएको पाइयो,’ नगर प्रमुख अधिकारीले भने।

उनी भारतबाट जेठ १० गते आएका थिए। उनलाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणका लागि पठाइएको थियो। तर, परीक्षणको रिजल्ट नआउँदै उनले आत्महत्या गरेका हुन्। घटनास्थलमा कुनै पनि सुसाइट नोट फेला नगरेको अधिकारीले जानकारी दिए।

‘९ दिन अगाडि उनको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो,’ प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले भने, ‘अहिलेसम्म त्यसको रिपोर्ट आएको छैन।’

घटनास्थलमा अहिले प्रहरीले मुचुल्का उठाउँदै गरेको उनले जानकारी दिए। क्वारेन्टाइनमा स्थानीय तहले नै सुरक्षा दिँदै आएको छ। अब उनको थ्रोड स्वाबको परिणाम आएपछिमात्रै अन्त्यष्टिको प्रकृया अगाडि बढ्ने छ। कोरोना पोजेटिभ देखिएमा उनको अन्त्यष्टिको प्रकृया नेपाली सेनाले गर्नेछ। कोरोना पोजेटिभ नदेखिएमा भने उनको शव पोस्ट मर्टम गरी परिवारलाई बुझाइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here