विकासका लागि राजनीतिक स्थिरता

0
232

-डा.डिआर उपाध्याय,

नेपालको राजनीति सहि बाटोमा जाने र सरकार स्थिर रहने हो भने देश बिकासको गति अघि बढन सक्छ । नेपालको भौगोलिक अवस्था मिलेको छ । देश विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा सवै दलको एक मत हुन जरुरी छ । नेपालजस्तो भौगोलिक अवस्था र भू–परिवेष्ठित अल्पविकसित देशको विकासका लागि दलहरुमा इच्छा शक्तिको मात्र खाँचो छ ।

दलहरु देश बिकासका लागी सत्ता स्वार्थको राजनीति छाडेर जानु पर्ने हुन्छ । एकले अर्कोलाई सिध्याउने खेल मात्र खेलेर देश बिकास गर्न सकिन्न । देश बिकास गर्न दलहरु एक आपसमा मिल्नु पर्छ । सबैको प्रयासले मात्र देश बनाउन सकिन्छ । एक्लै केहि गर्छु भनेर मात्र हुदैन । देश बिकासका लागी सवै भन्दा पहिला भष्टाचार अन्त्य हुनु पर्छ । भ्रष्टाचार हुने देशमा बिकास हुन कठिन हुन्छ । भष्टाचार देश बिकासको बाधक हो । कर्मचारी देखि नेता मन्त्री सम्म भष्टाचारी भए पछि कसरी देशको बिकास हुन्छ ? यो नै गम्भिर प्रश्न हो ।

हामीलाई दक्ष जनशक्तिको आबश्यकता छ । नेपालको जनशक्ति बिदेश पलायन छ । यो दुखद पक्ष हो । समयअनुसार हामी अघि बढन सकिरहेका छैनौं । नेपाली जनशक्ति विश्वबजारमा छरिएर रहेको छ । नेपालको जनशक्ति बिदेशमा शारीरिक श्रम गर्नेमा सीमित रहेको छ । त्यसकारण जबसम्म देशको जनशक्ति दक्ष हुँदैन, तबसम्म देश विकासको बिकास हुन सक्दैन । नेपालको विकासको प्रमुख सूत्र भनेको दक्ष जनशक्ति उत्पादन हो । देश बिकासका लागी पहिलो सर्त भनेको राजनीतिक स्थिरता हो । देशमा राजनीतिक स्थिरता भएन भने बिकासको गतिलाई अघि बढाउन गाहारो हुन्छ । हामीले दुख्खका साथ भन्नु पर्छ, नेपालको विकास हुन नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो ।

सरकारले नीति, योजना, परियोजना ल्याउछ फेरि अर्को सरकार आएर अधुरो बनाइदिन्छ । वर्तमानको अवस्था पनि त्यस्तै छ । नेपालमा पटक पटक सरकार परिवर्तन हुनाले धेरै समस्या निम्तिएका छन । राजनीतिक स्थिरतामा मात्रै देश विकास सम्भव छ । अस्थिर सरकारले न त दीर्घकालीन विकास गर्ने नीति ल्याउन सक्छ, न त विकास निर्माण गर्न नै सक्छ । त्यसकारण नेपालको विकासका लागि राजनीतिक अस्थिरता नै प्रमुख बाधक बनेको छ । हामी प्राकृतिक स्रोत साधनका हिसावले धेरै सम्पन्न छौ । नेपाललाई प्रकृतिले साथ दिएको छ । तर, यस्ता प्राकृतिक स्रोत साधनलाई प्रयोग गर्न सकिरहेका छैनौं ।

नेपालमा पानी, काठ, ढुङ्गा, गिट्टी, बालुवा, तामा, म्याग्नेसियम, चुनढुङ्गा, सुन, अभ्रखजस्ता प्राकृतिक स्रोत प्रशस्त छन । यी स्रोतको उच्चतम प्रयोग गरेको खण्डमा नेपाल धेरै अघि बढन सक्छ । नेपालमा प्राकृतिक स्रोतको खासै प्रयोग भएको पाइँदैन बरु विदेशबाट अर्बौं खर्च गरी आयात गर्ने गरिन्छ । त्यसले गर्दा हामी अघि बढन नसकेको हो । देश विकासका लागि अब सवै जुटने बेला आएको छ । देशको आर्थिक अवस्थालाई सुधार ल्याउनु छ । मान्छेहरु अभावमा बाँच्न बिवश छन । सरकार सवैको पिरमर्का बुझेर अघि बढनु पर्ने जरुरी देखिएको छ । नेपालले विकासका लागि सही गति लिन सकिरहेको छैन । अव सोच्नु पर्ने बेला ढिला भैसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here