सरकारी सेवा सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

0
330

 गत साउन १० गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

सोमबार १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

व्यापारिक पृष्ठभूमिका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि आलोचना भएको थियो।

उनले आफ्नो १०० दिने कार्ययोजना पनि सार्वजनिक गरेका छन्।

उनले राज्यमन्त्रीमा बहाल रहँदासम्म आफ्ना कुनै पनि व्यापार व्यवसायकाे कार्यकारी पदमा पनि नरहने घाेषणा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here