जागेश्वर गौतमको सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

0
228

कोभिड युनिफाइड केन्दीय अस्पताल (वीर)का प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमको सरुवा स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको मौखिक आदेशमा रोकिएको छ । उनलाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीबाट हटाउने निर्णय सोमबार गरेका थिए।

तर प्रधानमन्त्री देउवाले मौखिक निर्देशन दिएर गौतमलाई वीरमै राख्न भनेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गौतमलाई वीरबाट सोमबारदेखि लागु हुने गरी हटाएको थियो। उनको ठाउँमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले डा. रुद्र मरासिनीलाई ल्याउने निर्णय गरेका थिए। 

तर,  प्रधानमन्त्रीको निर्देशनमा तत्काल सरुवा सम्बन्धी निर्णय कार्यन्वयन नगर्ने भनिएपछि सरुवा सम्बन्धी पत्र तयार नभएको मन्त्रालय स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here