कालो अनुहार गोरो बनाउन , अपनाउनुहोस् यी घरेलु उपाय

0
285

मानिस आफ्नो अनुहार सकेसम्म गोरो बनाउन प्रयासरत हुन्छन्। बजारमा पाइने विभिन्न प्रकारका गोरो बनाउने क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ।अनुहारमा चमक पाउनको लागि हामी महँगा क्रिमहरुको प्रयोग गर्ने गर्दछौं। तर हामी आफैँले थोरै दिमाग लगाउने हो भने घरेलु उपायहरु अपनाएर पनि अनुहार गोरो बनाउन सकिन्छ।अनुहार तथा छाला गोरो बनाउन निम्न १० घरेलु उपायहरु अपनाउन सकिन्छ।

१) बेकिंग सोडाः बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस्। त्यसपछि आफ्नो अनुहार फेस वाशले धुुनुहोस्। अनि अनुहारमा तयार गरिएको पेस्टलाई लगाउनुहोस्। र १५ मिनेटपछि मुख धुनुहोस्।

२) दूध र केराः पाकेको केरालाई दूधसँग मिसाएर पेस्ट बनाउनुहोस्। अनि अनुहारमा लगाई २० मिनेटपछि सफा पानीले मुख धुनुहोस्।

३) गुलाब जलः गुलाब जललाई दूधसँग मिसाएर सधैं राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउनुहोस्। यसले तपाईंको छालामा चमक ल्याउँदछ।

४) घ्युकुमारीको लेदोः यसलाई अनुहार र घाँटीमा ३० मिनेट लगाउनुहोस्। यसले तपाईंको छालालाई गोरो, सफा र नरम बनाउने छ।

५) सूर्यमुखीको बीउः थोरै सूर्यमुखीको बीउलाई रातभर दूधमा भिजाएर राख्नुहोस्। त्यसपछि बिहान यसमा बेसार र केही केशरलाई हालेर पेस्ट बनाउनुहोस्। यसलाई आफ्नो अनुहारमा १५ मिनेटसम्म लगाउनुहोस्। केही दिनमै तपाईंको अनुहार गोरो हुनेछ।

६) आँपको बोक्राः थोरै आँपको बोक्रालाई दूधमा पिसेर पेस्ट बनाउनुहोस्। त्यसपछि यसलाई १५ मिनेटसम्म लगाई अनुहार सफा पानीले पखाल्नुहोस्। यसको प्रयोगले छाला गोरो हुनेछ।

७) महः महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुुहारमा लगाउनुहोस्। १५ मिनेटपछि मुख धुनुहोस्। यसले अनुहार सफा भई गोरो हुनेछ।

८) चिनीले घोटेर सफा गर्नेः चिनीलाई कागतीको रससँग मिसाएर हातको मद्दतले अनुहारमा दल्नुहोस्। यसले मरेको सेललाई हटाई अनुहारलाई सफा बनाउँछ।

९) नरिवलको पानीः दिनको दुईपल्ट अनुहारमा नरिवलको पानी लगाउनुहोस्। यसले दागधब्बा हटाउन मद्दत गरी छालालाई गोरो बनाउँछ।

१०) पानीको धेरै प्रयोगः पानीले शरीरबाट गन्धलाई बाहिर निकाली अनुहारको छालालाई तन्काई चाउरीपन हटाउन मद्दत गर्दछ।

तपाईंलाई दिनमा ८ घण्टाको निद्रा लिनु जरुरी छ। यसले आँखाको तलको भागको डार्क सर्कल हटाउँछ। साथै प्राकृतिक रुपमा चमक आउँछ र छाला गोरो देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here