शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित,संक्रमितको ८६०५ संख्या पुग्यो

0
356

शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।

गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ।

कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन्।

शुक्रबारसम्म नेपालमा आठ हजार दुई सय ७४ कोरोनाका विरामी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here