गायिका रेश्मा बम्जनको ‘टुङ्नाको मिठो धुन हुन्छ’ गीत सार्वजनिक

0
482

गायिका रेश्मा बम्जनको स्वरमा रहेको ‘टुङ्नाको मिठो धुन हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ ।

तामाङ समुदायको मैच्याङ र च्याङ्बासँग सम्बन्धित उक्त सेलो गीत बिहीबार कला घर सिन्धुलीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा निरुता लामा, रिता थिङ, पदम भाई र जीवन थापामगरको अभिनय रहेको छ।

गीतमा शब्द संगीतमा विश्व दोङ र संगीत संयोजनमा देवेश राईले साथ दिएका छन् । त्यस्तै दिपेश प्रधानको मिक्सिङ रहेको उक्त सेलो गीतमा गायिका बम्जनलाई योगेश लामाले गायनमा साथ दिएका छन् ।

यसअघि गायिका बम्जनले यो कान्छीको‘, के सारो हेरेको‘, डम्फु र सेलो‘।, सोल्टिनी मैच्याङ‘।, तामाङकी चेली‘, गोरी गोरी मैच्याङ‘, अम्मैले होइ‘लगायतका गीतहरुमा आफ्नो सुमधुर आवाज दिईसकेकी छिन् । गीतलाई नेपाली बाबू सुमनले निर्देशन गरेका हुन् भने शिशिर सिद्धले छायांकन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here