नेपालमा मात्र नभई अहिले विश्वभर नै नेपाली कलाकारहरुले ख्याति कमाएका छन । यही जमातमा पछिल्लो समय यस्तै चर्चाको शिखरमा उक्लिदै गरेकी नेपाली अभिनेत्री तथा मोडल सभ्यता गिरीले हालै एक हिन्दी गीतको म्युजिक भिडियो मार्फत दर्शक सामु आएकी छिन ।
सार्वजनिक भएको सभ्यताको नयाँ हिन्दी म्युजिक भिडियो ‘पसंद आया ‘ मा सभ्यताको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोमा भारतीय अभिनेता भुषण पटेलको साथ सभ्यताको रोमान्स पनि देख्न सकिन्छ ।
मोडल सभ्यता नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै आएकी कलाकार हुन । नेपाली कलाकारिता क्षेत्रमा पनि आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी उनले भारतमा पनि आफ्नो कलाकारिताको चर्चा कमाइरहेकी छिन् ।
ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्राफगरेका छन । गायिका प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द, संगीत रहेको उक्त गीतलाई आनन्द राउतले निर्देशन गरेका छन । जि म्युजिक कम्पनीले उक्त गीतलाई सार्वजनिक गरेको छ ।