नेपाली मनोरन्जन क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत स्वदेशमा मात्र नभएर विदेशमा समेत असंख्य सम्मान प्राप्त गरेकी अभिनेत्री नितु कोइराला भारतमा आयोजना भैरहेको एक प्रतियोगीतमा निणार्यक मण्डलमा रहेर प्रतियोगीतामा सहभागी भएकी छिन । कोरोना कहरका कारण अनलाईनको माध्यमबाट आयोजना भएको मिसेज इण्डिया – २०२०मा उनी जुरीको रुपमा रहेकी छिन ।
पिस अफ इन्डियाले आयोजना गरेको प्रतियोगितामा नेपालको तर्फबाट जुरिको रुपमा सहभागीता जनाएकी हुन । हाल उनी सोही संस्थामा नेपालको तर्फबाट ब्राण्ड एम्बेस्डरको रुपमा समेत कार्यरत छिन ।
यस् बाहेक पिन्क रोजेज इन्टर्टेन्ट्मेन्टले आयोजना गरेको मिस्टर, मिस एण्ड मिसेज इन्डियामा पनि गेस्ट अफ अनरको भूमिका निभाएकी छिन ।
नायिका कोइराला हालै भारतको विभिन्न संस्थाले संयुक्त रुपमा आयोजना गरेको “कोरोना वारीयर्स अवार्ड”बाट पनि सम्मानित भएकी छिन ।
यस् बाहेक भारतकै बिभिन्न संस्थाले आयोजना गरेको बिभिन्न सम्मानित कार्यक्रम तथा अवार्ड लगायत दुवई, कतारमा समेत सम्मानित अभिनेत्री नितु नेपालबाटै नै प्रत्यक्ष रुपमा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाइरहेको जानकारी दिईन।