ला लिगाको शीर्षस्थानमा पुनः उक्लियो रियल म्याड्रिड

0
506

रियल म्याड्रिड स्पेनिस ला लिगाको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ। बुधबार राति भएको खेलमा घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई २–० ले पराजित गर्दै रियल पुनः शीर्षस्थानमा उक्लिएको हो। रियल र बार्सिलोना दुवैको समान ३१ खेलबाट ६८ अंक भए पनि हेड टु हेडको आधारमा रियल शीर्षस्थानमा पुगेको हो। उति नै खेल खेलेको मालोर्का २६ अंकमा रेलिगेसन जोनमा नै छ।

पहिलो हाफमा १ गोल गरेको रियलले दोस्रो हाफमा १ गोल थप्यो। रियलले खेलको १९ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको थियो। खेलको ५६ औं मिनेटमा कप्तान सर्जियो रामोसले फ्रिकिकमा सिधै गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए। गएराति नै भएको खेलमा ओसासुनाले डिर्पोर्टिभो अलाभेष र सेल्टा डी भिगोले रियल सोसिडाडलाई समान १–० पराजित गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here