राष्ट्रिय गीत ‘नालापानी दुख्यो साथी कालापानी दुख्यो’ सार्वजनिक (भिडियोसहित)

0
639

असार १२ । राष्ट्रिय गीत ‘नालापानी दुख्यो साथी कालापानी दुख्यो’ सार्वजनिक भएको छ । गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को प्रस्तुति रहेको जानकी वज्रचार्य को शब्द रचना एवम् शशिविक्रम थापाको स्वर तथा पुरुषोक्त न्यौपानेको सङ्गीत रहेको राष्ट्रप्रेमले भरिएको गीत ‘नालापानी दुख्यो साथी कालापानी दुख्यो’को भिडियो सार्वजनिक भएको हो ।

गीत च्छोरोल्पा टी.भी. मार्फत राजधानीमा एक कार्यक्रमबीच सार्वजानिक गरिएको हो । सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको उक्त कार्यक्रमा वरिष्ठ नाट्यकर्मी एवम् कलाकार मदनदास श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजसेवी शोभित उप्रेती, देवेन्द्र सिटौला, नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, कलकार प्रभाकरदेव शर्मा, चलचित्र निर्देशक माधवराज खरेल पत्रकार राजन थापा, सूर्य चन्द, कमला जोशी, समाजसेवी सोमा खत्री, लक्ष्मी वस्नेत, अनिता चौलागाईलगायतका विभिन्न ब्यक्तित्वको सहभागिता रहेको थियो ।
गीतको भिडियो कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरु र सञ्चारकर्मीबीच प्रदर्शन गरिएको थियो ।

आम दर्शक स्रोताहरुले गीत र भिडियोलाई मन पराउनेमा निर्माण समुह विश्वस्त रहेको छ । भिडियोको निर्देशन गायक शशिविक्रम थापाले स्वंयमले गरेका छन् भने प्रेम शर्मा पौडेलको सम्पादन, केशव अधिकारीको छायांकन, सुमन शंकरको श्रृङ्गार रहेको छ । भिडियोमा गीतकार जानकी वज्रचार्यका साथै वुद्ध श्रेष्ठ, वलराम कार्की, प्रकाश खत्री, विक्रम आचार्य, नवराज मैनालीलगायतको अभिनय रहेको छ ।

सञ्चारकर्मी रामचन्द्र सुन्दासले सञ्चालन गरेको उक्त कार्यक्रममा गीत र भिडियोमा आवद्ध रहेका कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो साथै प्रमुख अतिथि र विशिष्ठ अतिथिलाई पनि कार्यक्रममा गौरीशंकर च्छोरोल्पा मिडयाका प्रवन्ध निर्देशक प्रविण थपलियाले मायाको चिनो प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here