‘चियासँग चुरोट’ गाउदै लोकप्रिय कलाकार शिवहरि पौडेल

0
491

बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक हुने भएको छ । चर्चित हांस्य कलाकार पौडेलको साथमा समिक्षा अधिकारीको स्वर रहेको गीत ‘चियासँग चुरोट’को भिडियो स्रोतारदर्शकमाझ चांडै आउने पौडेलले बताए। सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको छ ।

शिवहरिकै निर्देशन रहेको गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठको अभिनय रहेने छ । देवराज सापकोटा र नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । ‘हामीले यो गीत मुखमा हान्नुजस्तो युट्युव च्यानलबाट छिट्टै सार्वजनिक गर्दै छौ’, पौडेलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here