भारतको पिस अफ ईन्डियाबाट नेपाली अभिनेत्री नितुलाई शान्ति अवार्डस

0
428

भारतको पिस अफ ईन्डिया नामक संस्थाली आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याए बापत हालै नेपालकी अभिनेत्री नितु कोईराला तथा भारतका चर्चित अभिनेता राहुल रोय, मिसेज एसिया विनर मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरा लगायतका बिशिष्ट व्यक्तित्वहरुलाई “शान्ती”अवार्डद्वारा सम्मानित गरिएको छ ।

कार्यक्रमको निश्चित अवधी यही सन २०२० जुनको २३ तारिख राखिएको तर हालै चलेको बिषम परिस्थितिका कारण भने अनलाइनबाटै भर्चुयल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको कुरा सम्मानित मध्यकी एक नेपाली अभिनेत्री तथा पिस अफ इण्डियाका लागि नेपालबाट प्रतिनिधित्व गर्दै आएकी नितु कोइरालाले जानकारी गराउनु भयो । कार्यक्रममा सो अवार्ड समारोहलाई पिस अफ इन्डियाका संस्थापक अध्यक्ष बिशाल भारद्वजले सम्बोधन गर्नु भएको थियो ।

अवार्ड बितरणसंगै कार्यक्रममा सम्पूर्ण सम्मनित व्यक्तित्वहरुले आफ्नो तर्फबाट आफ्नो देशमा शान्ती स्थापना तथा अनवरत निस्वार्थ सेवा गर्ने प्रण पनि गर्नु भयो ।

यसरी आफ्नो देशको नाम देश लगायत अन्य देशमा पनि गौरवान्वित बनाउने नेपालकी अभिनेत्री नितु कोइराला लगायतका सम्पूर्ण कलाकार तथा बिशिष्ट व्यक्तित्वहरुलाई हाम्रो पनि सलाम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here