जेसिआइ काठमाडौं लेडीको ‘महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी तालिम सम्पन्न

0
476

जेसिआइ काठमाडौं लेडीले प्रोजेक्ट साथि अन्तर्गत “महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी तालिम” सम्पन्न गरेको छ। जेसिआइ नेपाल एसडीजी(SDG) कमिटि र जेसिआइ नेपाल वुमन स्किल डेवलोपमेन्ट कमिटिको सहयोगमा जेसिआइ काठमाडौं लेडीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जेसिआइ काठमाडौं लेडीका पुर्व अध्यक्ष डा. शुसिला मल्ल,विशिष्ट अतिथि नेपाल जेसिज २०२० का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अशोक शंकर रहनु भएको थियो। त्यसैगरि कार्यक्रममा अतिथिका रुपमा जेसिआइ नेपालका नेशनल एसडीजी संयोजक जेसिआइ सिनेटर आशिस शर्मा,जेसिआइ नेपाल वुमन स्किल डेवलोपमेन्ट कमिटिका संयोजक जेसी रुकमणि सिग्देल हुनु हुन्थ्यो। कार्यक्रमको सरुवातमा जेसिआइ काठमाडौं लेडीका निवर्तमान अध्यक्ष जेसी अर्चना मुनंकर्मी श्रेष्ठले जेसिज आस्था पाठ वाचन गर्नु भएको थियो। कार्यक्रममा जेसिआइ काठमाडौं लेडीका अध्यक्ष नगिना नकर्मीले स्वागत मन्तव्य राख्नु भएको थियो।नेपाल जेसिज २०२० का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अशोक शंकर,जेसिआइ नेपालका नेशनल एसडीजी संयोजक जेसिआइ सिनेटर आशिस शर्मा, जेसिआइ नेपाल वुमन स्किल डेवलोपमेन्ट कमिटिका संयोजक जेसी रुकमणि सिग्देल,जेसिआइ काठमाडौं लेडी एवं नेपाल जेसिजका पुर्व अध्यक्ष साथै अन्तर्राष्ट्रिय पुर्व उपाध्यक्ष जेसिआइ सिनेटर कृति तुलाधर लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा प्रशिक्षकका रुपमा रहनु भएका बि आर्टसी नेपाल (Be Artsy Nepal) का प्रशिक्षक रौनिका खत्री,सिमरन अधिकारी र रुपा पाण्डेले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरु,प्रजनन स्वास्थ्य परामर्श,साथै चेतनामुलक संदेशलाई जोडेर प्रशिक्षण दिनु भएको थियो।कार्यक्रममा अर्का प्रशिक्षकका रुपमा रहनु भएका जेसिआइ काठमाडौं लेडीका महासचिव एवं आमा हस्तकलाका निर्देशक जेसी रिंकु बज्राचार्य श्रेष्ठले पुनः प्रयोग गर्न सकिने पर्यावरण हितैषी घरेलु सेनेटरी प्याड बनाउने तालिम दिनु भएको थियो। कार्यक्रममा प्राविधिक सहयोग चिफ एग्जिक्युटिव असिस्टेन्ट टु नेशनल प्रेसिडेन्ट जेसिआइ सिनेटर रविन पोखरेलले गर्नु भएको थियो। कार्यक्रममा फिडब्याकका रुपमा जेसिआइ बुटवल लेडीका अध्यक्ष जेसी कल्पना पाण्डेले आफ्ना भनाई राख्नु भएको थियो। कार्यक्रमको संचालन जेसिआइ काठमाडौं लेडीका सह- सचिव जेसी अप्सरा आचार्यले गर्नु भएको थियो।

कार्यक्रमका संयोजक एवं जेसिआइ काठमाडौं लेडीका कार्यकारीणि उपाध्यक्ष साथै एसडीजी(SDG) लोम संयोजक जेसी स्तुति बुढाथोकीले सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो। जेसिआइ काठमाडौं लेडीले आफ्नो स्थापनाकाल देखि नै सामाजिक कार्यहरु गर्दै आइरहेको र यो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेकाले आगामी दिनहरुमा पनि यो प्रोजेक्टलाई निरन्तरता दिने कुरा कार्यक्रम संयोजक स्तुति बुढाथोकीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here