विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु…’ सार्वजनिक (भिडियोसहित)

0
450

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु…’ सार्वजनिक भएको छ । डीआरको शब्द, नरहरि प्रेमी र सुम्निमा लोको स्वर तथा नरहरिकै सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । यो गीत उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘अनुभुतिको मझेरी’मा समाविष्ट छ ।

गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्यायले यो सार्वजनिक गीतमा बाबु छोरीको प्रेमलाई प्रस्तुत गरेका छन् । ‘छोरीको लागि बाबाको कत्वर्य के हो र बाबाप्रति छोरीको जिम्मेबारीका कुरालाई गीत मार्फत सवैले आफ्नो जिम्मेबारी वहन गरुन भन्ने हेतुले मैले यो गीत स्रोता/दर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने ।

यस्तो छ गीत :-

म केही भन्छु आज सुन
मुटुको टुक्रा तिमी
आर्शीवचन मानेर छोरी
जिउनु जूनी जूनी
देउता जस्ता बाबा मेरा
छोइन यस्तो कोही
हजुर हरेक आज्ञा मान्छु
म त खुशी भइ
मेरो बाबा
मेरी छोरी
तिमी हाँस्दा खुशी हुन्छु
रूँदा तिमी रून्छु म
तिम्रै लागि सधै मीठा
सपनाहरू बुन्छु म
पिताश्रीको अर्ती उपदेश
शीर माथि राखेर
बाबाको शीर ठाडो पार्छु
स्वाभिमानी बनेर
तिम्रो कारण कोही पनि
निराश हुनु नपरोस्
दुःखी गरिब खुशी होउन्
कैल्यै आँसु नझरोस्
बुबा जस्तै संस्कारी
मान्छे बन्न सकुं म
कूल घरानाकी छोरी भनी
गर्व गर्न सकुं म

  • डा. डीआर उपाध्याय

दश उपन्यास र सयौं गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मष्तिस्कम बस्न सफल डा. डीआर उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो । डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम र सयौं गीत स्रोता/दर्शकमाझ आएका छन् ।

गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामको खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कारबाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत-सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here