सारिका घिमिरेको स्वरमा रहेको गीत ‘यो जुनीभरिलाई…’ सार्वजनिक भएको छ । टंक कंडेलको शब्द, योगेशकाजीको सङ्गीत तथा एरेञ्ज रहेको गीत ‘यो जुनीभरिलाई…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । एचवीएन किस्मतको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोलाई लोकेश भाटले सम्पादन गरेका छन् ।
नायिका तथा मोडेल सारिका घिमिरे यतिवेला गीतमार्फत् पनि स्रोता/दर्शकको मन जित्न सफल भएकी छन् । उनका पछिल्लो समय सार्वजनिक भएका धेरै गीत स्रोता/दर्शकको अत्यधिक रोजाइमा पर्न सफल भएका छन् । ‘मेरा अन्य गीत जस्तै यो गीत ‘यो जुनीभरिलाई…’ पनि सबैले माया गरिदिनुहुने छ भन्ने आशा लिएकी छु’, सरिकाले भनिन् ।