ट्याक्सी चालक उत्रिए सडकमा

0
584

काठमाडाैँ, असार १६ मंगलबार नयाँबानेश्वर स्थित संसद भवन अगाडी ट्याक्सी चालकहरूले “राेगले भन्दा भाेकले मरिने भइयाे, काम गर्न देउ हामीलाइ बाच्न देउ सरकार” भन्ने मूल नाराका साथ सडक आन्दाेलनमा उत्रिएका छन् ।

गत चैत्र ११ गतेबाट देशभर सरकारले लकडाउन भनेर घाेषित गरेपछि आम नागरिककाे जिविकाेपार्जनमा असहज भइ दैनिक जीवन नै अस्तव्यस्त भइदिँदा सरकारले असार १ गतेबाट जाेर विजाेर गरेर निजी सवारी साधनहरू चल्न पाउने भन्ने नियम लागू गरेर केही हदसम्म सहज बनाइदियाे । तर पनि ट्याक्सी चालक जाे आफ्नाे दैनिकी दिनभरी ट्याक्सी चलाएरै धान्ने गर्दथे, उनीहरूलाइ याे जाे विजाेरकाे नियम भएता पनि सरकारले ३ जना भन्दा बढी व्यक्ति सवारी गर्न नपाइने भन्ने नियमले गर्दा गार्हाै बनाइदिएकाे छ । सरकारकाे यस्ताे नियमले गर्दा ट्याक्सी चालक अन्याेलमा परेका छन् , ट्याक्सी नचलाउँदा आफू र आफ्नाे परिवारलाइ कसरी पाल्ने, दैनिक गुजारा कसरी चलाउने ? ट्याक्सी चलायाे भने ट्राफिकले जाेर विजाेर र धैरै यात्रु राख्न नपाउने नियम भन्दै टन्टलापुर घाममा दिनभरि ट्याक्सी सहित राख्ला भन्ने डरले गर्दा सडकमा उत्रिन बाध्य भएका ट्याक्सी चालक प्रति सरकारकाे ध्यानाकर्षण कस्ताे रहला त्याे त भाेलिका दिनमा हेर्न बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here