गायक संजय लामाको नयाँ सेलो बजारमा(भिडियो)

0
15

लामो समयको अन्तराल पछि गायक संजय लामाको सांगीतिक कोशेलि भिडियो सहित बजारमा आएको छ । भर्खरै मात्र सार्वजनिक भएको गीत जिग्मे मिडियाको अफिसियल युट्यूब बाट सार्वजनिक भएको हो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर – ५ थाङपाल गुन्सामा जन्मेका युवा गायक केही समय काम विशेष परदेश भएपनि पुनः सांगीतक यात्रालाई निरन्तरता दिने गरि बजारमा नयाँ गीत ल्याएको बताउछन ।

काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको कार्यक्रम नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व जिल्ला कोषाध्यक्ष देबेन्द्र खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा सिन्धुपाल्चोक जिल्लाकै पाँच पोखरी थाङपाल गाउँपालिका नेपाली कांग्रेसका पालिका सभापति सुर्य बहादुर अधिकारी र बरिष्ठ गायक प्रेम लोप्चन रहेका थिए।

गायक संजय लामा र गायिका रोस्ना लुङबाको सुमधुर स्वरमा रहेको गीतको शब्द संगीत विश्व दोङले गरेका हुन भने भिडियो भाईन का मिथुन बिजि र बिसन लामाले निर्देशन गरेका हुन ।

भिडियोमा अरु थुप्रै कलाकारहरुको दमदार प्रस्तुति देख्न सकिनेछ ।अन्य कलाकारहरुमा मिथु बिजि , बिसन लामा , रेहान लामा, पेम्फा लामा , सुनिल घतानि, आशिस सेवा, सरोज लामा, याङ्गि दोङ , मन्जु श्रेष्ठ , अनुसा लामा र दीक्षा लामालाई देख्न सकिन्छ ।

भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन भने सम्पादन , रंग संयोजन र फोटोग्राफी निर्देशन जिग्मे मिडियाका सुर्य लामाले गरेका हुन । कार्यक्रम संचारकर्मि प्रितम तामाङले संचालन गरेका थिए। कार्यक्रम संयोजनमा विशेष भुमिका निर्वाह गर्नु हुने युवा समाज सेवि पासाङ लामालाई निर्माण पक्षले विशेष धन्यवाद समेत दिएको थियो ।

कार्यक्रमलाई सफल पार्नका निमित्त कालिका गोले, कमल बोम्जन, पेमा वाङगेल लामाले विशेष सहयोग गरेका थिए। कार्यक्रममा कलाकार , समाज सेवि एवम पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here