बलत्कारको कालो धब्बाले सामाजिक विकाश माथी नै बिभिन्न गम्भिर प्रश्न :डा. डीआर उपाध्याय

0
367
  • डा. डीआर उपाध्याय

देशको कुनै स्थानमा दुइ-तीन वर्षमा बलत्कारको एउटा मात्रै घटना हुँदा सारा देश स्तब्ध हुने गरेको कालखण्ड बितेको धेरै भएको छैन् । आज दैनिक सरदर ६ वटा बलत्कारका घटनाबारे सुन्दा पनि त्यसलाई त्यति स्तब्धकारी नमान्ने धेरेै सर्वसाधारण यस काल खण्डकासमेत छन् । आधुनिक मानविय सभ्यताको निधारमा दिनहुँ लाग्ने गरेको बलत्कारको कालो धब्बाले सामाजिक विकाश माथी नै बिभिन्न गम्भिर प्रश्न खडा गरेको छ ।

बलत्कारको विषालु नङले हाम्रो सभ्यतालाई कसरी चिथोरीरहेको छ त्यसका केही दृष्टान्त–मुलुकमा ‘लकडाउन’ भईरहँदा केवल कैलाली कञ्चनपुर जिल्लामा एक दर्जन भन्दा बढी बलत्कारका घटना भएका छन् । यसै वर्षको आरम्भ वैशाख २० गते कैलालीमा बलत्कारको आरोपमा पति तथा जेठाजु मात्रै पक्राउ परेनन् घटना मिलाउन पचास हजार रुपैयाँ लिने सामुदायिक वनका अध्यक्ष समेत पक्राउ गरिए । यस्तै बैशाख २६ गते कञ्चनपुर ५० रुपैयाँ दिएर बलत्कार गरेको घटनाा मिलाउन १० लाख रुपैयाँ दिन खोजीएको जस्ता आश्चर्यजनक घटना सार्वजनिक भयो । जेठ ३२ गते कैलालीको कैलारी गाउँपालिकामा एघार वर्षिय बालिका माथी बलत्कार भयो । घटनाको करिव १० दिन पछि मात्रै प्रहरीले जानकारी पायो । सोहीदिन कैलालीको लम्कीचुहा नागरापालिका-१ स्थित शहिद स्मृति माध्यमिक विाद्यालयको क्वारेन्टानईनमा रहेकी ३१ वर्षिय महिला माथी बलत्कार भयो ।

सारा विश्व कोरोना भाइरसको महामारीबाट संत्रस्त भएको समयमा समेत यौन पिशाचहरुले आफनो कुकृत्य जारी राख्नु अवश्य नै सिङ्गो समाजका लागी गम्भिर चिन्ताको विषय हो ।

दिन प्रतिदिन बलत्कार बढनुको प्रमुख कारण दण्डहिनता भएको धेरैको बुझाइ छ । एक महिला अधिवक्ताका अनुसार- जे गर्दापनि हुन्छ भन्ने वा यो मेरो परिवार फलानो गुटको मान्छे हो जसरी भएपनि जोगाउनु पर्छ भन्ने मानसिकता हावीहुँदै गएकोले दण्डहिनता बढेको छ । अर्कोतिर बलत्कारको अधिकांश घटना अपरिचितबाट भन्दा चिनेजानकाकै वा आफन्तबाट हुने गरेको पाइएकाले अनुुसन्धान गर्न कठिन हुने गरेको छ । यसरी कानुन कार्यान्वयनमा समस्याहुँदा यस्ता घटना बढिरहेको सहजै बुझ्न सकिन्छ ।

कञ्चनपुरमा निर्मला पन्तको बलत्कारपछि हत्या प्रकरणका घटनाक्रमहरुलाई उदाहरणका रुपमा लिन सकिन्छ । पुरानो रिस, प्रतिशोध, आवेग, यौन उन्माद, मादकपदार्थ र लागु पदार्थले बलत्कारलाई बढावा दिने गरेका छन् । यस परिस्थितीमा सामाजजिक चेतनाको विकास, यौन शिक्षामा सुधार, कडा कानुनको व्यवस्था तथा त्यसको प्रभभावकारी कार्यन्वयन आत्मؘरक्षाको समुचित तालिम आदिमा जोडदिनु आवश्यक छ । घटना मिालउन दवाव वा प्रलोभन दिनेलाई बलत्कारी सरहकै ब्यवहार तथा सजाय गर्नेमा सबै एकमत हुनुपर्छ ।
कलिलो उमरमै इन्टरनेट तथा सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई निरुत्त्साहित गर्नेतर्फ अभिभावकहरुले समय छँदै ध्यान पु¥याउनुपर्छ । यिनै सञ्चार माध्यमको दूरुपयोगले अवाञ्छित ब्यक्तिहरुसँग सम्पर्क कायम हुन्छ । मनोभावना नियत र प्रवृती नबुझि आर्कषण बढ्छ र बलत्कारले जीवन तहसनहस बन्छ ।

बलत्कारीलाई फाँसीको सजायँ हुने ब्यवस्था केही देशमा छ र केही देशमा विचाराधिन छ । यो हुनुपर्छ तथा विगत केही समययता नियतवंश प्रायोजित ढङ्गले आरोप लगाउने प्रवृतीसमेत कुनै कुनै घटनामा उजागर भएको छ । यस्तो प्रवृतिलाई सबैले दुरुत्साहित गर्नुपर्छ । यस्तो प्रवृतीले वास्तविक पिडीतहरुलाई न्याय दिलाउनसमेत आगामी दिनमासमेत जटिलता ल्याउनेतर्फ सचेत हुन आवश्यक छ । हुन त बलत्कारीलाई फाँसीको सजाय नै बलत्कारीमाथी अङ्कुशी लगाउने उत्तम उपाय हो । अन्तिम अवस्थामा बलत्कारीलाई फाँसीको सजायको कानुन बनाउने जटिल देखिए नपुसंकताको इन्जेक्शन लगाउँदा पनि तिनीहरुलाई डर त्रास रहने थियो र बलत्कारका घटना कम हुने थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here