श्रीमानको हत्या गरेको आरोपमा २० वर्षीया श्रीमती पक्राउ

0
178

रुकुमपूर्वमा श्रीमानको हत्या गरेको आरोपमा एकजना युवती पक्राउ परेकी छन् । सिस्ने गाउँपालिका वडानम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय बिछोड विकलाई २० वर्षीया श्रीमती रेश्माले दाउराले हान्दा मृत्यु भएको बताइएको छ ।

पारिवारिक विवादका कारण मंगलबार राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई दाउराले टाउकामा हान्दा मृत्यु भएको वडानम्बर २ का वडाध्यक्ष जीवन केसीले बताए । उनका अनुसार बुधबार बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ ।

मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए ।

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here