चर्चित गायक आनन्द कार्कीको गीत ‘नेपाल भारत’ सार्वजनिक (भिडियो सहित)

0
409

काठमाडौं । चर्चित गायक आनन्द कार्कीको स्वर रहेको गीत ‘नेपाल भारत’ सार्वजनिक भएको छ । नयाँ गीत ‘ नेपाल भारत’ हाल नेपाल भारत वीच सिमा बिवादले देखिएको चिसिएको सम्बन्धलाई सुधार गर्नुपर्छ भन्ने सन्देश गीत मार्फत प्रस्तुत गरेका छन ।

‘नेपाल र भारतबीच मित्रताको बर्षौं पुरानो सभ्यता भएको र गहिरो सामाजिक, सांस्कृतिक सम्बन्धमा निहित रहेकोले दुवै देशबीचको व्यापारिक सम्बन्धलाई मजबुत रुपमा अघि बढाउन आवश्यक देखिएकोले उक्त गीत तयार पारिएको ‘ जानकारी लोकप्रिय गायक कार्कीले बताए ।
बुद्धिसागर दाहालको शव्द,भुपेन्द्र रायमाझीको एरेन्ज तथा संगीत रहेको गीतको भिडियोलाई चर्चित कोरियोग्राफर समेत रहेका म्यूजिक भिडियो निर्देशक माईकल चन्दले निर्देशन गरेका छन ।

बिरेन टिटुङ्ग तथा बिनोद याक्खाको छायांकन,राम सिंह भाटको सम्पादन रहेको भिडियोको कन्सेप्ट अनुज कार्कीको रहेको छ । वल्र्ड कभर मिडियाको पोष्ट प्रडक्सन रहेको भिडियोलाई गायक कार्कीको आफ्नै यूट्यूब च्यानल आनन्द कार्कीबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here