दशैंको मुखमा छोराले गरे आफ्नै बाबुको हत्या

0
162

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षिय उनैका छोरा राजकुमार विकले हत्या गरेका हुन् ।

छाेरा राजकुमारले घरायसी झगडाको क्रममा गए राति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर बाबुकाे हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबु छोरा मात्रै थिए भने मृतककी श्रीमती माईतीघर गएकी थिइन् । मृतकको मोवाईल समेत टुक्राटुक्रा परेको छ भने भान्सामा समेत ढुंगाहरु देखिएका छन् ।

आज विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ ।

अहिले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here