६२ जना बालिका र किशोरीले एक दिनका लागि स्थानीय तहका पद सम्हाल्दै

0
69

मुलुकभरका ६२ जना किशोरीले एक दिनका लागि स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दैछन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अक्टोबर ११ तारिखका दिन प्लान इन्टरनेशनलले हामी दाजुभाइसँगको सहकार्यमा गर्न लागेको ‘गल्स टेकओभर’ कार्यक्रम अन्तरगत ६२ जना किशोरीले जनप्रनिधिको जिम्मेवारी सम्हालन लागेका हुन् ।

सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय तहका विभिन्न पदमा रहेर किशोरी तथा बालिकाले भर्चुअल माध्यमबाट बालिका तथा किशोरीमा हुनसक्ने जोखिम र यसका फाइदा–बेफाइदा तथा सदुपयोगबारे जनप्रतिनिधिसँग छलफल गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा उनीहरुले मंगलबारदेखि नै आगामी सोमबारसम्म विभिन्न पदभार ग्रहण गरी काम गर्ने जनाइएको छ

अब आउने मंगलबार बाँकेको वैजनाथ गाउँपालिकामा महिला तथा बालिका शाखा प्रमुखको जिम्मेवारी स्थानीय १८ वर्षका अनु रावतले सम्हाल्ने छिन ।  यसैगरी सिन्धुलीको गोलन्जोर गाउँपालिकाको वडाध्यक्षको जिम्मेवारी स्थानीय १८ वर्षका सुमित्रा अछामीले अर्को हप्ताको शुक्रबार जिम्मेवारी सम्हालदैछिन् । एक दिन वडाध्यक्ष भएर सबै जनप्रतिनिधि, सम्बन्धित सरोकारवालासँग कुराकानी गर्ने तयारी गरिरहेको पत्रकार सम्मेलनमा अछामीले जानकारी गराइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here