भ्यानमा २८ वटा मानव खप्पर र हड्डी बरामत

0
28

सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हात खुट्टाको हड्डी र भ्यान बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले मंगलबार रानी स्थित ढाटनजिक को २ च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच गर्दा मानव खप्पर र हड्डी फेला पारेको बताइएको छ ।

सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव खप्पर र हात खुट्टाको हड्डी पुष्टि भएको शसस्त्र प्रहरीले जानकारी दिएका छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले मानव खप्पर र हड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको तस्करी भइरहेको भन्नेबारे अहिलेसम्म केही नखुलेको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलका अनुसार प्रहरी टोलीले मंगलबार रानीस्थित ढाट नजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव खप्पर र हड्डी फेला परेको हो । ती बरा मदी सामाग्रीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी रानीमा बुझाइएको गणपति तीर्थ पौडेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here