‘रामायण’का ‘रावण’ अरविन्द त्रिवेदीको निधन

0
202

टेलिभिजनको सवैभन्दा लोकप्रिय धारवाहिक श्रृङ्खला ‘रामायण’मा ‘रावण’को भूमिका निर्वाहा गरेर चर्चामा आएका कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ । उनको ह्रदयघातका कारण ८३ बर्षको उमेरमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

केही वर्षयतादेखि उनी बिरामी थिए र हिँड्न सक्दैन थिए । तीन वर्षमा उनको स्वास्थ्य अवस्था झनै खराब भएको थियो । एक महिनाअघि मात्रै उनी अस्पतालबाट घर फर्केका थिए । तर, उनमा कुनै ठूलो रोग भने देखिएको थिएन ।

अरविन्दको जन्म मध्यप्रदेशको उज्जैन शहरमा भएको हो । उनले करिअरको सुरुवात भने गुजरातको रंगमञ्चबाट गरेका हुन् ।

हिन्दी भाषाको पपुलर धार्मिक सिरियल ‘रामायण’बाट घर घरमा परिचय बनाएका अरविन्देले ३०० भन्दा धेरै हिन्दी र गुजराती चलचित्रमा अभिनय गरेका छ ।

अरविन्दको निधनमा बलिउडका कलाकार, टेलिभिजनका कलाकारहरुले दुःख व्यक्त गरेका छन् । उनकाे को आज नै अन्त्येष्टि गरिँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here