चर्चित संगितकार सन्तोष श्रेष्ठ गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल

0
493

दर्जनौ लोकप्रिय गीतमा संगीत भरेका संगीतकार एवम् गायक सन्तोष श्रेष्ठको नाम गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।  तिम्रो दिलमा चोट लाग्दा, तिमीले पराइ ठानेपछि लगायतका उनले सयौ गीतहरुमा संगीत भरेका छन् ।

दाङ्गको हापुरमा जन्मिएका सन्तोष लोक संगीतबाट संगीतकर्ममा लागेका थिए । सुगम संगीतको क्षेत्रमा अहिले उनी लोकप्रिय संगीतकारको रुपमा चिनिने गरेका छन् । उनले एउटै गीतलाई अन्तर्राष्ट्रिय ११ भाषामा संगीत गरेका कारण गिनीज बुक अफ द वल्र्ड रेकर्डमा नाम राख्न सफल भएको बताए ।

काठमाडौमा बसेर संगीत कर्मलाई नै व्यवसाय वनाएका श्रेष्ठले डिआर उपाध्यायको शब्दमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १२ भाषामा गीत रेकर्डिङ गरिएको थियो । विगत २० वर्षदेखि नेपाली गीत/संगीत क्षेत्रमा सक्रिय सन्तोष यो सफलताले आगामी दिनमा झनै संगीत कर्ममा डटेर लाग्ने प्रोत्साहन मिलेको बताउँछन् ।

गीतमा सागर अधिकारी, प्रकाश तिमल्सिना र डा. डि आर उपाध्यायको स्वर छ। यो गीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here