गायक चिरञ्जीवी भण्डारीको नयां गीतको म्युजिक भिडियो ‘बदमास’ सार्वजनिक (भिडियो)

0
270

काठमाडौं– गायक चिरञ्जीवी भण्डारी नयां गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् ।

‘बदमास’ बोलको उक्त गीतको म्युजिक भिडियो बिहिबार साँझ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् ।

दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here